चार दिनसम्म मनाइने छठपर्वको चौथो दिन आज बिहान विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ। तराईका महोत्तरी, धनुषा, सप्तरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चल र देशभरिका अन्य क्षेत्रहरूमा श्रद्धापूर्वक यस पर्वको अन्त्य गरिएको हो।…