वडा अध्यक्ष न्यौपानेद्धारा एक महिनाको तलब सहयोग

Company Register

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । अध्यक्ष न्यौपानेले आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसालाई सहयोग गरेका हुन् ।
उनले एक कार्यक्रमको बिच बिहीबार एक महिनाको तलब बराबरको चेक मदरसा समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छन् । जरुवाटोलमा रहेको साढे १० धुर क्षेत्रफल जग्गामा निर्माण भइरहेको मदरसाको छत ढलानको काम शनिबार हुँदैछ । विभिन्न क्षेत्रबाट जुटेको बजेट र सहयोगबाट निर्माण भइरहेको भवन ढलान गर्न समस्या आउने देखेपछि विहीबार मदरसा व्यवस्थापन समिति र निर्माण समितिका पदाधिकारीहरुले अध्यक्ष न्यौपानेसंग भेटेका थिए । सोही अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो एक महिना बराबरको तलब सहयोग गरेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...