Comments Add Comment

कर्णाली प्रदेश

List Grid
नेपाल टेलिकमले ल्याएको दशैं अफरमा केके छ ?

काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतका चाडबाडको अवसरमा विशेष अफर ल्याएको छ। यो अफर अन्तर्गत भ्वाइस, डेटा, एसएमएस, र एफटीटीएच प्याकेजहरू सहुलियत दरमा उपलब्ध हुनेछन्, जुन असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म लागू हुनेछ।
एफटीटीएच (फाइबर इन्टरनेट) प्याकेजहरूमा पुरानै मूल्यमा ब्यान्डविथ बढाइएको छ। ५०, ७५, १००, १५०, र २०० एमबीपीएस गतिका प्याकेजहरू क्रमशः ७५, १००, १२५, १७५, र २२५ एमबीपीएसमा अपग्रेड गरिएको छ। नयाँ जडान गर्ने ग्राहकहरूले जडान शुल्कमा रु. ५०० छुट पाउनेछन्।
जीएसएम प्रयोगकर्ताहरूका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस, ४५ जीबी डेटा, र ५०० अल नेट …

आज २०८१ साल भाद्र २३ गते आइतवार,यस्तो छ तपाईको राशिफल

मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन सामान्य हुनेछ। कार्य क्षेत्रमा प्रयास गर्दा सफलता हात पर्नेछ। स्वास्थ्यको ख्याल गर्नुहोस्। आर्थिक रूपमा मध्यम दिन हुनेछ।
वृष (Taurus)
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अधिकारीहरूको समर्थन प्राप्त हुनेछ। तपाईंसँग आत्मविश्वास बढ्नेछ र आर्थिक पक्ष बलियो हुनेछ। नजिकका मानिसहरूसँग मिलेर कुनै नयाँ योजना बन्न सक्छ।
मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
तपाईंको रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ। परिवारसँग समय बिताउन पाउनु हुनेछ। नयाँ अवसरहरूले जीवनलाई फरक दिशा दिन सक्छ।
कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धेरै …

चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सार्बजनिक

तिहारलाई लक्षित गरी आउन लागेको नयाँ नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ को आइतबार टिजर सार्वजनिक गरिएको छ। यो फिल्मले बाबुछोराको सम्बन्धमा आधारित कथा प्रस्तुत गर्ने बताइएको छ, जसमा प्रमुख भूमिकामा विजय बराल र प्रकाश सपुत देखिनेछन्।
टिजरमा बाबु विजय बराललाई सारंगीवादक ‘पूर्णबहादुर’ को रुपमा चित्रण गरिएको छ, जसले गरिबीका कारण झेल्नुपरेको अभाव र छोराको शैक्षिक सफलताको कथा सुनाउँछ। प्रकाश सपुतले फिल्ममा ‘पूर्णबहादुर’ को छोरा बनेका छन्, जसले एसएलसीमा जिल्ला प्रथम भएको खुसी बाबुलाई सुनाउँछन्। टिजरमा देखाइएको बाबुछोराको यो सुमधुर सम्बन्धले फिल्मप्रति दर्शकहरूमा उच्च आशा जगाएको छ।
बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको …

हेटौंडामा पहिलो पटक ‘लाईभ सेलो साँझ २०८१’ हुने

हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ २०८१´ हुने भएको छ। एक तामाङ घर, एक डम्फु´ भन्ने मुल नारासहित ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रा.लि.को आयोजनामा आउँदो असोज १९ गते कार्यक्रम हुन लागेको हो। आयोजकले हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका छन्।
नेपालीहरूको महान चाड बडा दशैंको शुभकामना आदानप्रदानसहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण, तामाङ मौलिक गीत संगीत र बाजाबारे जागरण ल्याउने तथा मकवानपुरे तामाङ कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ओपेराका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिनुभयो।
सेलो साँझमा मकवानपुरे कलाकारहरू सेलो गायक तथा संगीतकार प्रकाश तामाङ …

गायिका अनिता चलाउनेले नयाँ तीज गीत ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ सार्वजनिक

काठमाडौँ — बेलायत भ्रमणमा रहेकी गायिका अनिता चलाउनेले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । अनिताको ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खेम सेन्चुरी र अनिताको स्वरमा रहेको गीतको शब्द नेत्र अर्यालको छ भने खेम सेन्चुरीले संगीत भरेका छन् । गीतको भिडियो प्रशान्त खड्काको निर्देशनमा सुमन श्रेष्ठले खिचेका छन् ।
विश्व बस्ताकोटीको निर्माण रहेको गीतको छायांकन लन्डनब्रिज, नर्थला फिल्ड, अल्पर्टन मन्दिर लगायतका स्थानमा छायांकन गरिएको हो । गीतको भिडियोमा राजु ढकाल र सुष्मा बस्याल बस्ताकोटीले अभिनय गरेका छन् भने कोरियोग्राफी आरुसी मगरको रहेको छ ।
नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन …

तीजको मौलिकता बोकेको गोबरे गुईठा गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कन्चन पुन मगरको तीज गीत ‘गोबरे गुईठा’ सार्वजनिक भएको छ ।
टि.एम. म्यूजिक प्रोडक्सन युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। मदन ढकालको शब्द–संगीत रहेको तीज गीत भर्खरै मात्र बजारमा आएको छ ।
गाँउघरको भाषामा बोलिने शब्द तथा भाकाहरुलाईनै जस्ताको तस्तै यस गीतमा समाबेश गरी मौलिकतालाई उजागर गरेको छ । कन्चन पुन मगर र तिर्थ खत्रीको स्वर रहेको यस गीतमा पछिल्लो समयकी लोकप्रिय मोडल तथा गायिका रीया खड्का, लेलिया बिश्वकर्मा, ममता रानामगर, सलिना थापा, रीया रेग्मी र गोबिन्द बिबसले अभिनय गरेका छन् ।
मौलिक पक्षलाई ध्यानमा राखी सृजना गर्ने गायक …

गायक पुश्कल शर्माको “तोरी लाहुरे” (भिडियो सहित)

काठमाण्डौ। गायक पुश्कल शर्माको शब्द लय रहेको शान्ति श्री परियार र पुश्कल शर्माको स्वरमा “तोरी लाहुरे” बोलको गीतले चर्चा पाएको छ। गीतको कथा बस्तु निर्देशन पुश्कल शर्माको रहेको छ भने कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन्।
गीतको भिडियोमा पुश्कल शर्मा,सबि शर्मा ,स्मारिका ढकाल ,करिष्मा ढकालको दमदार अभिनय रहेको छ। भिडियोमा शर्माको श्रमति शिक्षिका बनेर सबि शर्मा देखिएकी छन्। निकै उत्कृष्ठ बनाइएको भिडियोलाइ शर्माकै युटुव च्यालवाट सर्वत्र बजारमा उपलब्ध रहेको छ।
पुरा भिडियोः

केतन क्षेत्रीको स्वरमा संसारै मायाको सार्वजनिक….

काठमाडौँ। प्रसाद फिल्मको चर्चित ‘गीत लै लै’ मा आवाज दिएपछि केतन क्षेत्रीलाई नचिन्ने कमै छन् । नेपाली संगीत बजारमा उनको लोकप्रियता निकै लोभलाग्दो छ । उनले अहिलेसम्म धेरै गीत् बजारमा ल्याइसकेका छन्, यसपटक अर्को गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।
दरवारमार्गमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच उनको नयाँ प्रस्तुती ‘‘संसारै मायाँको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस कार्यक्रममा उनको टिम, केहि पत्रकार, केहि नेपाली फिल्म उद्योगका कलाकार तथा निर्देशक पनि उपस्थित थिए । त्यसबाहेक केतनका फ्यानहरुरुको पनि बाक्लो उपस्थिती थियो ।
गीतको संगीत, मिक्सिङ, र मास्टरिङ एटीएफओईएस स्टुडियोले तयार पारेको …

जयराम पुनः तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा नियुक्त

तामाङ पत्रकार संघ मकवानपुरको चौँथो अधिवेशनमा जयराम मुक्तानलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ। मुक्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा, र कोषाध्यक्षमा जमुना थिङलाई चयन गरिएको छ। सदस्यमा अन्जना न्यासुर तामाङ, सशान्त तामाङ, विवेक वाईबा, र छोइसाङ सिन्तान समावेश छन्।
कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेका थिए। ‘तामाङ अग्रज पत्रकार २०८१’ बाट आदर्श सिंह थोकरलाई सम्मानित गरियो। प्रदेश प्रतिनिधिमा सुनसानी थिङ र केन्द्रिय प्रतिनिधिमा राजकुमार स्याङ्बो र नवराज वाईबा चयन भएका छन्।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय …