Comments Add Comment

गण्डकी प्रदेश

List Grid
लुम्बिनी र गण्डकीमा सरकार गठनका लागि दिइएको समय आज सकिँदै

लुम्बिनी र गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि दिइएको समय आज सकिँदै छ । लुम्बिनीमा मंगलबार प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

त्यस्तै गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार (आज) अपराह्न ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

चैते दशैँको अवसरमा आज सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले चैते दसैँको अवसरमा आज चैत १५ गते बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
 

बुधबार सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले २०९ औँ भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।
अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो। गण्डकी सरकारले योसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैँमा पनि बिदा दिने निर्णय गरेको थियो।

कांग्रेस गण्डकी प्रदेशमा पौडेल पक्षका शर्मा जित नजिक

नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । समाचार तयार पार्दासम्म खसेको ११४६ मत मध्ये १ हजार मत गणना हुँदा सभापतिका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५३२ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले ४६३ मत पाएका छन् । गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना भइरहेको छ । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ९५० अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुख कहाँ पुगेका थिए।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले …

दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे० ले पदबाट राजीनामा दिएका छन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि मनाङेले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री गुरुङको विपक्षमा उभिएका मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित थिए।
उनले बिहीबारदेखि लागू हुनेगरी मन्त्रीबाट राजीनामा दिएको बताएका हुन्। संसदलाई जीवित राख्नु जनप्रतिनिधिको जनताप्रतिको उत्तरदायित्व र नैतिकता भएको उनले बताएका छन्। यस्तो अवस्थामा मन्त्री भइरनु भन्दा प्रदेश सभालाई बचाउनु पर्ने भएकाले पदबाट राजीनामा दिएको उनको भनाई छ। मुख्यमन्त्रीले संसदमा विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्री पदमा बसिरहन नैतिक सम्मत नहुने उनको राजीनामा पत्रमा …

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ९३० बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। यात्रु गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पताल पुर्‍याइएकोमा त्यही नै मृत्यु भएको थियो ।

प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्याराग्लाइडिङ ल्यान्ड हुनुपर्ने स्थानभन्दा डेढदुई किलोमिटर टाढा पुगेर दुर्घटना भएको थियो ।

Image Source : Sajhapost

गण्डकी प्रदेशले कोरोना उपचार निःशुल्क गर्ने

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निस्शुल्क उपचार गर्ने जनाएको छ । केन्द्र सरकारले विभिन्न मापदण्ड बनाएर कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट पन्छिदै गर्दा गण्डकी प्रदेशले भने संक्रमितको उपचार निस्शुल्क गर्ने जनाएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको निस्शुल्क उपचार भइरहेको जानकारी दिए। ‘हालसम्म जुन ढंगबाट उपचार हुँदै आएको छ। त्यो यथावत रहन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अझ पहिलाभन्दा झन् व्यवस्थित बनाउने तयारीमा छौं ।’ सबै जिल्लाहरुमा आइसियु बेडको व्यवस्था हुनै लागेको भन्दै उनले नागरिकको जीवन रक्षाका लागि आफूहरू जिम्मेवार रहेको बताए।

Ad
Ad