Comments Add Comment

लुम्बिनी र गण्डकीमा सरकार गठनका लागि दिइएको समय आज सकिँदै

लुम्बिनी र गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि दिइएको समय आज सकिँदै छ । लुम्बिनीमा मंगलबार प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

त्यस्तै गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार (आज) अपराह्न ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर