बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । शुक्रबार नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै रोशनी शाहीले किटानी जाहेरी दिए पछि पक्राउ गरिएको हो ।

आज काठमाण्डौ जिल्ला अदालतले अनुमति दिए लगत्तै महरालाई पक्राउ परेका हुन् । जाहेरी दिए पनि अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण अदालतले अनुमति दिए लगत्तै महरा पक्राउ परेको हो ।

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीस ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिए संगै महरालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापाले जानकारी दिनुभयो ।