Comments Add Comment

चीनियाँ राष्ट्रपतिको स्वागतका लागि तयारी तिव्र

चीनियाँ राष्ट्रपति सी जिनफिनको स्वागतका लागि नेपालले तयारी तिव्र पारेको छ ।

दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने साथै सहयोगको क्षेत्र बढाउने अवसरका रुपमा नेपाल सरकारले भ्रमण तयारी गरिरहेको छ । उहाँको भ्रमणको तयारीकै क्रममा आज सुरक्षा र राजकीय सवारीको अभ्यास पनि गरिँदैछ ।

नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सी ओर्लिएपछि उहाँको सवारी, गार्ड अफ अनरको अभ्यास गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष नेतृत्वमा भ्रमणको भौतिक, सुरक्षा लगायतका तयारी भइरहेको छ । नेपाल आउनुभन्दा पहिले भारतको चेन्नई छेउको मामलापुरममा सीलाई स्वागत गर्न भारतले पनि भव्य तयारी गरिहेको छ ।

चीनियाँ राष्ट्रपति सी ११ अक्टोबर अर्थात असोज २४ गते अपरान्ह भारतको चेन्नई पुग्नुहुने कार्यक्रम छ । भारतमा एकरात बसेर भोलिपल्ट उहाँको नेपाल आउने कार्यक्रम तय भएको छ ।

भ्रमण मिति औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी छ । तर, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग सीको भ्रमणबारे सोझै समन्वय गरिरहेको छ ।

एयरपोर्टमा चीनियाँ राष्ट्रपतिको विशेष विमान अवतरण भएपछि उहाँलाई काठमाडौंको सोल्टी होटल  पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि उहाँको सवारी राष्ट्रपति भवन शीतल निवासमा हुनेछ ।

शीतल निवासमा भेटवार्ता सकेर सी फेरि होटल सोल्टि फर्कनु हुने कार्यक्रम तय गरिएको छ । बाँकी सबै भेटवार्ता होटलमा नै हुनछ । सीआईएन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर