चैते दशैँको अवसरमा आज सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले चैते दसैँको अवसरमा आज चैत १५ गते बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

 

अनलाइनपत्र संवाददाता

Next Post

बागमतीका १५ सय पत्रकारको सामुहिक दुर्घटना बीमा

Wed Mar 29 , 2023
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको […]

सम्बन्धित खबर