बागमतीका १५ सय पत्रकारको सामुहिक दुर्घटना बीमा

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो ।

चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धत गर्दै कार्कीले जानकारी दिएका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना बीमा लागू भएको हो । यसै गरि मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताएका छन्।

अनलाइनपत्र संवाददाता

Next Post

मकवानपुरगढी–६ मा न्यापानेमाथि निर्घात कुटपिट , टोकेर आधा काननै छिनायो

Wed Mar 29 , 2023
मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ अजिङ्गरेमा एक पुरुषमाथि निर्घात कुटपिट भएको छ । बारीमा काम गरिरहेका ४९ वर्षिय टेकप्रसाद न्यौपानेमाथि दुई जना आएर कुटपिट गरेको हो । कुटपिट गर्नेमा सोही ठाउँका ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई रहेको प्रहरीले जनाएको छ । न्यौपानेमाथि कुटपिट गरेर बायाँ कान टोकी आधा […]

सम्बन्धित खबर