काठमाडाैं –  नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्यालकुलेटरले नेपालको जनसंख्या तीन करोड ६ सय ३४ देखाएको हो ।

विभागका अनुसार क्याल्कुलेटरले जन्मदर, मृत्युदर र बसाइँ सराई दरको आधारमा जनसंख्याको हिसाब गर्ने गर्दछ । सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

विभागका अनुसार नेपालको जनसंख्या दैनिक १ हजार १ सयका दरले बढेको जनाएको छ ।