यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

१७९० जना संक्रमित, २७९१ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको छ ।
पछिलो २४ घण्टामा १० हजार ८४३ नमुना पिसिआर परिक्षण गरिएको छ । हाल देशभर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।