यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



काठमाडौं- र्याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द प्रयोग भएको पाइएपछि प्रहरीले कारबाहीका लागि उनको खोजी सुरु गरेको छ ।

Advertisement
उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको नयाँ भिडियोमा प्रयोग भएका शब्द आपत्तिजनक भएको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाही साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको हो।
यस अघि पनि भिटेनले प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गीत बनाएका थिए । त्यस बेला पनि गित डिलिट गर्नुका साथै उनले अब त्यस्तो कार्य नगर्ने कागज गरेपछि अभिभावकको जिम्ममा छाडेको थियो ।