Comments Add Comment

आसुशेन फिल्म प्रोडक्सनको ब्यानरमा ‘हु तु तु’ फिल्म निर्माणको घोषणा

आसुशेन फिल्म प्रोडक्सनको ब्यानरमा ‘हु तु तु’ निर्माण हुने भएको छ। सिनेमाको लागि लकडाउन अवधीभर नयाँ स्टोरी तयार गरी मुख्य कलाकार समेत फाईनल गरेको छ।

सिनेमामा बरिस्ठ कलाकार हरिबंश आचार्य, प्रदिप खड्का, पल शाह, मोहम्मद नाजिर हुसैन, गौरव पहारी, सलोन बस्नेत, राजाराम पौड्याल, माओत्से गुरुंग लगाएत कलाकारसँग सम्झौता गरी सकेको निर्माता सन्तोष सेनले बताएका छन्।

सिनेमा पुर्ण रुपमा कमेडी हुने निर्माता सेनको भनाई रहेको छ। पछिल्लो समयमा सिनेमाका कलाकारहरु विच नै राम्रो सम्बन्ध नरहेको चर्चा चलिरहेको समयमा प्रदीप खड्का, पल शाह जस्ता कलाकारहरुलाई एक ठाउँमा ल्याएर सकारात्मक सन्देश दिन खोजिएको निर्माण पक्षको भनाई रहेको छ।

टिमले बाँकी कलाकार सहित नायिकासँग छिट्टै सम्झौता गर्ने तयारीमा रहेको छ। अहिले सिनेमाको कथालाई उत्कृष्ट बनाउन र लेखनको लागि ठुलो टिम सहित निर्देशक छेतेन गुरुङ र सन्तोष सेन र अभिनेता प्रदिप खड्का पोखरा गुप्तबासमा रहेको बुझीएको छ ।ठूलो लागतमा निर्माण हुने सिनेमाको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् ।

छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गर्ने सिनेमा आसुसेन फिल्म प्रोडक्सनको छैठौ प्रस्तुती रहने छ। चलचित्रको कार्यकारी निर्माताको रुपमा चक्र बहादुर चन्द रहने छन। कोरोनाको हालको अवस्था सामान्य भएसँगै प्रेमगित ३ को रिलिजपुर्ब नै नयाँ सिनेमा छायांकनमा जाने तयारीमा रहेको सेनले बता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर