Comments Add Comment

सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

हास्य टेलीसिरियल ‘सक्किगोनी’का चर्चित पात्र ‘पाँडे’ उर्फ अर्जुन घिमिरेले कोरोनाको जोखिम उच्च हुदै गर्दा सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। चक्रपथ सरसफाई महाअभियान तथा ग्रीनसिटी अस्पातलका प्रमुखको साथमा ‘सक्किगोनी’ टिमको तर्फबाट सोह्रखुट्टे प्रहरी टिमलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

https://www.facebook.com/arjun.ghimire.pade/posts/3136692756443269

प्रकोपको उच्च जोखिम हुँदा समेत जनताको सुरक्षामा अग्रपक्तिमा खटिने सुरक्षाकर्मीहरुको मनोवल उच्च पार्न आफूहरुले केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको ‘सक्किगोनी’का निर्देशक तथा लेखक समेत रहेका ‘पाँडे’ अर्थात् अर्जुन घिमिरेले जानकारी दिए।

सामाजिक कार्यमा निकै सक्रिय ‘सक्किगोनी’ टिमले विभिन्न समयमा घर निर्माण तथा सामाजिक कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर