गायक शंकर थापा स्माइली र दीपा लामाको स्वरमा रहेको ‘सार्टनैको चोली’ को बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द तथा शंकर थापा स्माइलीको संगीत रहेको गीतमा दि कार्टुन क्रु का सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ।

लोक शैलीको गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन्। गम्भिर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा सुबोल थापा सहायक निर्देशक रहेका छन्। नव राजले खिचेको गीतको भिडियोलाई नवीन निरौलाले रंग संयोजन तथा सम्पादन गरेका हुन्।