काठमाडौँ- फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट १५ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार कुन्दन भारद्वाजले आफ्नो गाउँ नागरिकको रक्षा गर्न गरेको संघर्ष देखाइएको छ।

बाबु साहेब बलामी निर्देशित फिल्म आगामी मंसिर ७ मा प्रदर्शन हुनेछ। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ।

एक्सन, रोमान्स र थ्रिलर जनरामा बनेको फिल्ममा कुन्दनसहित अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना,भारतीय कलाकार नन्दु श्रीवास्तव, अमिता श्राप, ह्यारीलगायतको अभिनय छ।

फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन्। कार्यकारी निर्मातामा मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ छन्।नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँ तथा भारतमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद लेखन छ।

फिल्म हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादनमा बनेको छ। फिल्म मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू