कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले मकवानपुरकी चेली अनु थिङसँग विवाह गर्न लागिएका हुन् । बुद्धिले अनुसँग मागी विवाह गर्न लागेको बताएका छन् । बुद्धि र अनुबीचको विवाह तामाङ परम्पराअनुसार शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा हुने बताईएको छ । बुद्धिले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । उनको ‘हैट’ थेगो चर्चित छ ।