मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ स्थित सुलिथुममा रहेको अमर सिंह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ । बिहिबार विद्यालयमा अध्ययनरत कक्षा ईसिईडी देखि कक्षा ५ सम्मका ४५ जना विद्यार्थीलाई करिब २५ हजार बराबर रुपैँयाको पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजु प्रसाद संजेलले बताए ।

May be an image of 6 people and people standing

छात्रवृत्ती स्वरुप प्राप्त ७ हजार दुई सय , सोही विद्यालयका पूर्व शिक्षक गणेश्वर संजेलबाट प्राप्त पाँच हजार चार सय र बाँकी विद्यालयको कोषबाट पोसाक खरिद गरी वितरण गरिएको प्रधानाध्यापक संजेलले बताए । गरिब पिछडिएका अभिभावकहरुको कमजोर अवस्थालाई मध्ये नजर गर्दै विद्यार्थीहरुलाई पोसाक विद्यालय वितरण गरिएको प्रधानाध्यापक संजेलको भनाई छ । सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल संजेलले अभिभावकहरुको उपस्थितिमा वितरण गरिएको थियो ।