हेटौंडा- विश्व १११औ नारि दिवसको अवसरमा आज हेटौंडा एकेडेमी आवासीय माध्यमिक बिद्यालयले बिबिध कार्यक्रम गरि भब्य तरिकाले मनाएको छ ।

बिद्यालयकी प्राचार्य गौरीदेबी चिमरियाको अध्यक्ष्यतामा  मकवानपुर जिल्लाकै शसक्त एवंम्  अग्रज महिला विश्वकान्ति कलावती सुमार्गीको बिशेष अतिथ्यतामा  बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण राज सुमार्गी, सदस्य अंकिता सुमार्गी र बिद्यालयका शिक्षक कर्मचारी लगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अग्रज महिला बिश्वकन्ति कलावती ज्यूले आफ्नो पुरानो यादहरुलाई सम्झदै आफुले गरेको संघर्ष लगायत महिलावर्गलाई प्रोत्साहीत गर्नुका साथै सफु सधै निडर भइ अगाडी बढ्न र आफु भित्र भएको कलालाई नदबाई अगाडी बढ्न साथै हामीले आफैले परिवर्तन गर्ने हो भन्ने भावनाको बिकास गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रम बिद्यालय परिसरमा शिक्षक र कर्मचारीहरु बीच बिबिध मनोरंजनात्मक खेलकुदको आयोजना गरिएको थियो साथै बिजेताहरुलाई  सम्मान गरि पुरस्कार समेत वितरण गरिएको थियो।