
हेटौंडामा भएको मेयर कपको उपाधि हेटौंडा–१० ले हात पारेको छ । आज भएको फाइनल खेलमा हेटौंडा–१८ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० ले उपाधि हात पारेको हो । उपाधि हात पारेसंगै नगद २ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बन्दै वडा नम्बर १८ ले एक लाखमा चित्त बुझाएका छन् । उपाधि हात पार्न वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए भने प्रितम स्याङबोले १ गोल गरेका थिए । एक १ गोल आत्मघाती गरेको थियो ।
खेलको उत्कृष्ट खेलाडी वडा नम्बर १० का सुमन छुमि घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । हेटौंडाको लोकतान्त्रिक चौर (हुप्र) मा फागनु १५ गतेबाट सुरु भएको खेलमा आज भएको फाइनल खेलको समापन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




