
नेपालले आफ्नो पहिलो खेल सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार अहिले बिहान पौने आठ बजेदेखि सुरु हुने खेलमा कतारसँग खेल्नेछ । पाँच टोली सम्मिलित प्रतियोगितामा नेपाल उच्च वरियताको टिम हो । त्यसैले स्वभाविक रुपमा उसको दावेदारी उपाधिमै रहेको छ । तर कप्तान पारस खड्काकै भनाइ मान्ने हो भने आफूभन्दा कमजोर टिमसँग खेल्दा आइपर्ने दवाबको अनुभव नेपाली टिमले गरेको छ ।
नेपालले मंगलबार कतार, बुधबार मलेसिया, शनिबार कुवेत र आइतबार घरेलु टोली सिंगापुरबिरुद्ध खेल्दैछ । प्रतियोगिताको पहिलो दिन सोमबार घरेलु टोली सिंगापुर र मलेसियाले आआफ्नो खेलमा जित हासिल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




