उपाधिका लागि नागरिक(ए) र बुढिचौर भिड्ने

Company Register

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर –६ स्थित डुम्रेकुनामा बडा दशैँ तथा दीपावलीको अवसरमा जारी दोस्रो संस्करण गाउँपालिका स्तरीय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगितामा आज सेमिफाईनल चरण्सम्मको खेलहरु सम्पन्न भएको छ । सेमिफाईनल अन्तर्गत पहिलो खेल नागरिक सचेत (ए) र आमभञ्ज्याङ्ग क्लव बिच भएको थियो ।

Advertisement

उक्त खेलमा नागरिक सचेत (ए) ले आमभञ्ज्याङ्ग क्लवलाई २५–१८ ,१६–२५ र १५–१३ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका छन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सनराईज युथ क्लव (ए) र बुढिचौर टिम बिच खेल भएको थियो । बुढिचौरले २५–१९ र २५–२१ को सोझो सेटमा आयोजक सनराईज युथ क्लव (ए) लाई पराजित गर्दै फाईनल प्रवेश गरेका छन् । फाईनल खेल भोलि फुलपातीका दिन नागरिक सचेत (ए) र बुढिचौर बिच  हुने खेल संयोजक अशोक स्याङ्तानले जानकारी दिएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...