टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि न्यु चिसापानीलाई

Company Register

हेटौंडा –७ स्थित नागस्वतीमा बडा दशैँको अवसरमा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि न्यु चिसापानी फुटबल टिमले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक जागरण फुटबल टिमलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले स्तब्ध पार्दै न्यु चिसापानी फुटबल टिमले उपाधि जितेको हो ।

Advertisement

No description available.

ya thau khali xa

निर्धारित समयमा गोल रहित बराबरीमा खेल रोकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । उपाधि हात पार्दै न्यु चिसापानी फुटबल टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने आयोजक जागरण फुटबल टिम उपविजेता बन्दै ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

No description available.

विजेता ÷ उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पुरस्कार दिएका थिए । त्यस्तै खेल भरीमा अनुशासित टिम बन्दै आदर्श फुटबल टिमले आकर्षक पुरस्कार प्राप्त गरेका छन् भने उत्कृष्ट खेलाडी न्यु चिसापानी फुटबल टिमका रोशन दोङ भएका छन् । खेल असोज ९ गतेदेखि सञ्चालन भएको थियो । यो संगै यस वर्षको रजत महोत्सव पनि सम्पन्न भएको छ ।

No description available.

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...