Comments Add Comment

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीले ईटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको पहिलो हाफको २६औँ मिनेटमा मारियो पासलिसले ईटालियन क्लब एटलान्टालाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारकको जोडीले दोस्रो हाफभर एटलान्टालाई दबाब राख्यो । खेलको ९०औँ मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए । नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए । खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए । पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर