Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

Company Register

इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । मासन माउन्टको पासमा उनले गोल गरेका थिए । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो ।

Advertisement

यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता जित्न असफल भएको छ । सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो । यस्तै मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् । जर्मन प्रशिक्षक टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...