हेटौंडा – ८ कमानेमा रहेको चन्द्रोदय मा.वि.को व्यवसायिक भवनमा आगलागी भएको छ । आज बिहान पुजा गर्ने क्रममा विद्यालयको व्यवसायिक भवनमा रामकृष्ण लामिछानेले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

No description available.

आगलागीबाट ७ ओटा सिलिन्डर ग्यास पट्किएको एउटा निकालिएको र एउटा लिकेज भएको स्थानियले जानकारी दिएका छन् । सिलिन्डर पट्किँदा भवनमा समेत  क्षती पुगेको छ । अहिले हेटौंडा उपमहानगरपालिकाको बारुण यन्त्रबाट दमकल गई आगलागी नियन्त्रणमा लिएको छ । थप विवरण आउन बाँकी छ ।