अब देखि बागमती प्रदेशको राजधानी हेटौंडामा पनि किस्ताबन्दीमा मोबाईल पाईने भएको छ । आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै स्कुलरोडमा रहेको सिलिकोण नेपाल प्रा.लि.ले यस्तो जानकारी गराएको हो । ग्राहकलाई २० हजारदेखि २ लाखसम्मको मोबाइलमा किस्ताबन्दीको सुविधा लागू गरेको सिलिकोन नेपालका सन्चालक छ्तेन्द्र आचार्यले जनकारी दिए ।

उनका अनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा मोबाइल पाउनेछन् । उनका अनुसार, एप्पल, वान प्लस, एमआई र सामसुङ ब्रान्डमा मोबाइल किस्ताबन्दीमा दिने भएको हो । त्यसको लागि हिमालयन बैंकमा खाता खोली क्रेडिट कार्ड लिनुपर्ने छ । किस्ताबन्दीको समय १२ महिनाको लागि हुने सिलिकोन नेपालले जनाएको छ । पछिल्लो समय किस्ताबन्दीमा ग्राहकको चाहाना र माग निकै बढेकाले हेटौंडामा किस्ताबन्दीको योजना ल्याएको सिलिकोन नेपालका संचालक आचार्यले बताए ।