कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने,‘संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको छ ।

तर कहिले प्रदर्शन गर्ने भन्ने निर्णय भने आज बिहिबार बस्ने बैठकमा हुनेछ ।’ केन्द्रीय समितिको बैठकमा पुस १६ गते नै सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेका थिए । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न अनुपयुक्त हुने भन्दै मितिका बारेमा आजको बैठकमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad