सरकारले जेष्ठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७–७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको करमा वृद्धि गरेको छ। आर्थिक वर्ष २०७७–७८ को बजेट अनुसार विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाउने उल्लेख छ । यसअघि विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको ७ हजार ५ सय सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार रुपैयाँ पुर्याइएको छ । नयाँ विद्युतीय मोटरसाइकलको मूल्य अब कम्तीमा चार हजार पाँच सय रुपैयाँले बढ्नेछ ।
अहिले १ सय ५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नुपर्छ । त्यस्तै १ सय ५६ सीसीभन्दा माथि २ सय ५० सीसीसम्मका मोटरसाइकलले १८ हजार र २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाइकलले ५० हजार सडक दस्तुर तिर्नुपर्ने व्यवस्था रहेको छ ।