यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

दशैंमा भीडभाड र बोकाबलि चढाउन निषेध


यसपटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो । कार्यालयद्वारा जारी सूचनामा परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ । बैठकमा प्रदेशसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरपालिका, गुठी संस्थान र स्थानीय विभिन्न क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।