कतारबाट स्वदेश फर्किनेहरुले अब निःशुल्क र कम शुल्कमा पीसीआर परीक्षण गर्न सक्ने भएको छ । स्वदेश फर्कनका लागि तोकिएका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पतालमा निःशुल्क र एकदमै कम शुल्कमा पीसीआर परीक्षण गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

वर्कर हेल्थ केयर सेन्टर,फेरिज अब्देल अजिज हेल्थ केयर सेन्टरमा निःशुल्क तथा निकै कम शुल्कमा पीसीआर परीक्षण गर्न सकिने दूतावासले जनाएको छ । यसैगरी मुईथेर हेल्थ केयर सेन्टर, रावादत अल खाली हेल्थ केयर सेन्टर, उम सलाल हेल्थ केयर सेन्टर तथा घराफत अल रयान हेल्थ केयर सेन्टरमा पनि पीसीआर परीक्षण गर्न सकिने सकिने दूतावासले जनाएको छ । नेपाल सरकारले पीसीआर परीक्षण गरेर स्वदेश फर्किएकालाई होटल क्वरेण्टिनमा बस्न नपर्ने मापदण्ड तय गरेको छ ।