Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य बन्द गरिने

Company Register

काठमाडौँ महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य तिहारको भाइटीकाको भोलिपल्टबाट बन्द हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगर र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच शुक्रबार भएको छलफलमा भाइटीका पछिन खुलामञ्चमा खाना खुवाउने काम बन्द गर्ने सहमति भएको हो ।

Advertisement

लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवद्र्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगरपालिका र भोजन सेवा गराउँदै आएका संघ–संथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् । सहमतिअनुसार खुलामञ्चलगायतका स्थानमा खाना खुवाउँदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...