Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा एकै दिन थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६९ पुग्यो

Company Register

काठमाडौं – नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमित भेटिएका हुन्।

आज (आइतबार) स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भेटिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो।

Advertisement

नेपालगन्जमा भेटिएकाहरु ४ महिला र ५ जना पुरुष रहेका छन्। यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ। हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन्।

बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...