Comments Add Comment

नेल्टाद्वारा एस इ इ लक्षित अनलाईन कक्षा सन्चालन

नेल्टा मकवानपुरले जिल्लाका बिभिन्न सामुदायिक विद्यालयहरुका एस इ इ तयारिमा रहेका विध्यार्थिहरुको लागी अङ्रेजी विसयको पाँच दिने अनलाईन कक्षा अाजदेखि सुरु गरेको छ ।

बैसाख २१ गतेबाट २५ गतेसम्म सन्चालन हुने अंग्रेजी विषयकाे यस्ताे कक्षा हरेक दिन बिहान ७:३० बजेबाट ९ बजेसम्म सन्चालन हुनेछ ।

अाज पहिलाे दिन बिभिन्न विद्यालयका ७५ जना विद्यार्थिहरु अनलाईन कक्षामा उपस्थित रहेकाे नेल्टा ३ नं प्रदेस सचिव किशाेर पराजुलीले बताउनुभयाे । नेल्टा मकवानपुरका अधक्ष सँगम चौलागाईको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रममा नेल्टाका केन्द्रिय अधक्ष्य मोतिकला सुब्बा देवानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लीलानाथ गौतमले सफलताकाे शुभकामना दिनुहुँदै परीक्षा तयारीका लागि विद्यार्थीलाई हाैसला प्रदान गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर