मकवानपुरमा आजदेखि सवारीमा चुनावी माइकिङ गर्न नपाईने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा सवारीमा माईकिङ गर्ने क्रम बढेपछि आजबाट सवारीसाधनमा माइकिङ गर्न तथा सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ ।

बैठकले चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आज शनिबार बन्द गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।