नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरको अध्यक्षमा माधव न्यौपाने चयन भएका छन् । मंगलबार भएको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट माधव न्यौपानेको अध्यक्षतामा १७ कार्यसमिती चयन भएको हो । कर्मसको उपाध्यक्षमा कबिन सांगामी, महासचिबमा रबिन्द्रप्रसाद घिमिरे, सचिबमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भू पुडासैनी र सहकोषाध्यक्षमा बिवेक भण्डारी चयन भएका छन् ।

समितिको सदस्यमा संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणी थिङ, सन्तोष खतिवडा, हरीशरण सुवेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुसान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन भएका छन् । बिजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापती निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष शिद्धिलाल श्रेष्ठको विषेश आतिथ्यता रहेको थियो ।