मकवानपुरको मकवानपुरगढीमा मल खरिद बिक्री व्वस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा पालिकाका अध्यक्ष विदुर हुमागाईको सचाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको वडा न. १ देखि ८ सम्मका १३ वटा मल बिक्रेता सहकारीहरुको सहभागीतामा तालिम संचालन भएको हो । तालिममा कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख बल बहादुर पन्त, सहायक प्रबन्धक बिष्णू गौतम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहजीकरण गरेका थिए ।

तालिममा चालु आर्थिक वर्षको श्रावण महिना देखि मल बिक्रेता सहकारीहरुले विद्युतीय प्रणाली मार्फत खरिद बिक्रीको रेकर्ड राख्ने विषयमा छलफल भएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । कार्यक्रममा कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौडाका प्रमुख बलबहादुर पन्त, सहायक प्रबन्धक बिष्णू गौतम, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि विकास शाखाका कर्मचारी र तालिममा सहभागी रहेका सहकारीका अध्यक्ष र प्रबन्धकहरुको उपस्थति रहेको थियो ।