मकवानपुरमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ७४ वर्षीय एक बृद्धको मृत्यु भएको हो । उनलाई बैशाख ६ गते सोमबार कोराना संक्रमण पुष्टि भएको थियो । उनको गएराती घरमै मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएको छ । अहिले उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।