Comments Add Comment

न्युरेनी चिसापानी वनको पत्रकार देखी वृद्धवृद्धालाई सम्मान

हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३२ औ वार्षिक साधारणसभा मार्फत पत्रकार देखी वृद्धवृद्धालाई सम्मान गरेको छ। शनिबार साधारणसभामा समूहको गतिविधिलाई जनमानसमा पुर्याउन सहयोग पुयाएको भन्दै प्रष्ट खबरडटका प्रमुख सम्वाददाता सुनिल शिवाकोटी सहित वृद्धवृद्धालाई सम्मान गरेको हो।

समूहले पत्रकार शिवाकोटी सहित सञ्चारकर्मी दामु चौलागाई,कृषि र पशुपालन तर्फ समूहमा आबद्ध आशिष पोखरेल, वृद्धवृद्धा तर्फ समूहका सदस्य रहेका ८३ बर्षीय फत्त बहादुर पाठक र ८४ बर्षीया ज्ञानु देवी आचार्य, त्यसैगरी सरसफाइ तर्फ रोम बहादुर न्यौपानेलाई सम्मान गरेको छ।

समूहले पत्रकार द्वय शिवाकोटी र चौलागाई नगद सहित प्रशंसापत्रले,वृद्धवृद्धालाई पौष्टिक आहार सहित दोसल्ला ओढाएर प्रशंसापत्रले, कृषि र पशुपालन तर्फका पोखरेललाई क्यान र प्रशंसापत्र र सरसफाइ तर्फका न्यौपानेलाई कुच्चो,डस्टविन लगायत सरसफाइ सामग्री र प्रशंसापत्रले सम्मान गरेको हो। सम्मानित र पुरस्कृत सबैलाई कार्यक्रममा प्रमुख अतिथी हेटौंडा(७ का वडाअध्यक्ष दामोदर गौतम, विशेष अतिथी डिभिजन वन कार्यालय मकवानपुरका निमित्त प्रमुख वशन्तराज गौतम र वन समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले सम्मान र पुरस्कृत गरेका थिए।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै