Comments Add Comment

मकवानपुरमा दाजुभाईको झडप हुँदा दाजुको मृत्यु

मकवानपुरको उत्तरी कैलाश गाउँपालिकामा दाजुभाई बिच झगडा हुँदा दाजुको मृत्यु भएको छ । आइतबार राति कैलाश–६ तल्लो पकनी ठुलोबेसिमा सामान्य विवाद भई कुटपिट हुँदा ३३ वर्षिय नन्दरे मोक्तानको मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

दाइले मादकपदार्थ सेवान गरि झगडा गरेको र झगडा गर्ने क्रममा भाइले कोदालोले प्रहार गर्दा दाइको ज्यान गएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी इन्स्पेक्टरको टोलि घटना स्थल पुगेका छन् । घटनामा संलग्न मृतकका भाई सिताराम मोक्तान,भिनाजु,आमा र बुवा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर