मकवानपुरको बकैया गाउँपालिकाले पालिका भर रहेको विद्यालयहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको छ । पछिल्लो समय देशभर सेनेटरी प्याडलाई निशुल्क गर्नपर्ने माग सहित दैनिक रुपमा नारा जुलुस भईरहदा बकैयाले निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

‘गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १७ वटा सेनेटरी प्याड भेन्डिङ मेसिन खरिद गरेको थियो र कोरोना संक्रमणको कारण मेसिन जडान नभएकाले उक्त मेसिन अव जडान गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले बताएकी छन् । बालमैत्री गाउँपालिका घोषण भएसंगै छात्राहरु महिनावारी हुँदा प्याडकै अभावले विद्यालय छुटाउन नपरोस भन्ने हेतुले विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको उपाध्यक्ष बोलखेले बताइन् ।