Comments Add Comment

बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गर्न जिससद्धारा अनुमति प्रदान

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाका लागि औपचारीक रुपमा अनुमति प्रदान गरेको छ । आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बसेको स्थानीय तह समन्वय बैठकमा गाउँपालिकालाई जिल्लाको दोस्रो बालमैत्री अवलम्बन गर्ने स्थानीय तह घोषणाको अनुमति प्रदान गरिएको हो ।


जिसस प्रमुख खुलालले गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेलगायत टोलीलाई बालमैत्री घोषणाको लागि योग्य भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिमका सुचकहरुमा घोषणा योग्य उपलब्धी हासिल गरि बालमैत्री स्थानीय तह कार्यविधि २०७० बमोजिमको प्रकृयाहरु पुरा गरेको अनुगमनबाट पुष्टि भएको हुँदा जिल्लाको दोस्रो बालमैत्री स्थानीय तहको रुपमा घोषणाका लागि अनुमति प्रदान गरिएको जिसस प्रमुख खुलालले बताउनुभयो । सो क्रममा उहाँले बालमैत्री घोषणाको सफलताको सफलताको शुभकामना शुभकामना व्यक्त गर्नुहुँदै बालमैत्री स्थानीय शासनको निरन्तरतासंगै समृद्ध बकैया निर्माणको शुभकामना समेत व्यक्त गर्नुभयो । बकैया गाउँपालिका आगामी माघ २९ गते बालमैत्री गाउँपालिका घोषणा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर