मुरली तिरिरी बोलको गीत ‘मुरली तिरिरी’ सार्वजनिक भएको छ । दिपकराज पाठकको प्रस्तुतिमा रहेको कुशल संचारकर्मी शिशिर भण्डारी, बेनिशा पौडेल आयुसमान चौलागाईंमा स्वरवद्ध गीत बजारमा आएको हो । मर्म स्पर्शी यस गीतमा शब्द रचना दिपकराज पाठकर शिशिर भण्डारीको रहेको छ भने संगीत,निर्देशन भण्डारी आफैँले गरेका छन् ।

गीतको कथा एक वास्तविक घटनालाई लिएर बनाइएको बुझ्न सकिन्छ । गीतमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत “जिरे“, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय मुख्य भूमिका देख्न सकिन्छ । गीत नयाँ नयाँ न्यूज नेपाल युट्युबाट सार्वजनिक भएको हो ।