दक्षिण कोरिया– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवास सङ्गठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको सचिबमा शुभराज भोम्जन चयन भएको छ । केही समय अघी केपी ओली खेमा पार्टी सङ्गठनको मुल प्रवाह बाट अलग भएपछी प्रवास सङ्गठन दक्षिण कोरियाबाट पनि ओली खेमा अलग भएको थियो । तात्कालिन पार्टी सचिब टेक पुन मगर पार्टी बिभाजन भए पश्चात पार्टीको कुनैपनि गतिबिधीमा सङ्लग्न नरहेकाले सचिबको जिम्मेवारी भोम्जनलाइ दिइएको हो । भोम्जन पार्टी सचिबको जिम्मेवारी पाउनुभन्दा पहिले प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको केन्द्रीय सदस्य रहेको थियो ।

पार्टीको नियमित बैठकबाट भोम्जनलाइ सचिबको जिम्मेवारी दिनुका साथै बिभिन्न बिभागहरु पनि गठन गरिएको छ । अनुशासन बिभाग,सङ्गठन बिभाग, सास्कृतिक बिभाग,स्कुल बिभाग, सुचना तथा सञ्चार बिभाग, आर्थिक बिभाग, पुर्व जनमुक्ती सेना बिभाग, खेलकुद बिभाग, बुद्धिजिबि तथा व्याबसायी बिभाग , विद्यार्थी बिभाग, युवा बिभाग, सामाजिक सङ्घ सस्था समन्वय बिभाग, महिला बिभाग लगायतका बिभागहरु पनि गठन गरिएको छ । पार्टी अध्यक्ष दिलीप धितालको अध्यक्षतामा भएको नियमित बैठकबाट केपी ओलीले चालेको कदमलाइ प्रतिगामी कदम भएको ठहर गर्दै उक्त कदमको बिरुद्धमा कटिबद्ध रहने निर्णय समेत गरिएको छ । बैठकबाट क्षेत्रीय कमिटिहरुमा रिक्त रहेको पदहरुमा पनि पदपुर्ती गर्ने निर्णय गरेको छ । पार्टी सचिबको जिम्मेवारी लिदै गर्दा भोम्जनले पार्टीले दिएको जिम्मेवारीलाइ पुर्ण जिम्मेवार भएर निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको थियो । भोम्जन तात्कालिन नेकपा एमाले निकट अनेरास्वबियु मकवानपुरको सचिवालय सदस्य रहनुका साथै मकवानपुर बहुमुखी क्याम्पसको स्वबियु सह(सचिब को जिम्मेवारी समालेको थियो । त्यसैगरी स्थानिय तहको निर्वाचनमा समेत भाग लिएको थियो । भोम्जन हाल उच्च शिक्षा अध्ययणको शिलशिलामा दक्षिण कोरियामा रहेका छन ।