मकवानपुरका २३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो एक शाताभित्र मकवानपुरका २३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मनहरी गाउँपालिका भित्रका १३ जना , हेटौंडा भित्रका ८ जना र स्वास्थ्य कार्यालय मकवानपुरका २ जना गरी २३ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।