मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन, कार्यान्वयन तथा घोषणाको तयारी पुरा भएको छ । विहीबार गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिइएको थियो । गाउँपालिकालाई शनिवार बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको छ ।

गाउँपालिकामा १८ वर्षमुनिका ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरि ८ हजार २९६ जना बालबालिका रहेको गाउँपालिकाको तथ्याङमा रहेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रियाका कागजात व्यवस्थापनका लागि फाइन सुची तयारी कार्यशाला सम्पन्न भई ३३ प्रकारका फाइल खडा गरिएको बालमैत्री स्थानीय शासन कार्यक्रम सहसंयोजक कविराज हुमागाईले बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ (तितुङ) लगायत विभिन्न कला, झाँकी सहित प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा वडा नंम्बर ५ मा रहेको शारदा माविको खेल मैदानमा शनिबार दिउँसो १२ बजेपछि कार्यक्रम सुरु हुने गाउँपालिकाले जानकारी दिएको छ ।