मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ सैय्याको पृथ्वीचन्द अस्पतालको शिलान्यास गरिएको छ । बिहिबार भीमफेदी–५ र ६ वडाका १५ जना ज्येष्ठ नागरिकले संयुक्तरुपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यसहित करिब १२ करोडको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो ।

टेन्डर प्रक्रियाबाट अस्पताल भवन निर्माण गरिन लागेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । कार्यक्रम भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीको विशेष अतिथ्य रहेको थियो । संघीय सरकार र भीमफेदी गाउँपालिकाको लगानीमा अस्पताल स्थापना हुन लागेको हो ।