छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा हेटौंडाको साविक विजेता पिप्ले युवा प्रवेश गरेको छ । सर्लाहीमा जारी प्रतियोगितामा बिहिबारको पहिलो सेमिफाईनल खेलमा आयोजकलाई टाइब्रेकरमा पराजित गर्दै हेटौंडाको पिप्ले क्लव फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा गोलरसहित बराबरी टुंगिएपछि खेल टाइब्रेकरमार्फत् निर्णय लिइएको थियो ।

ट्राईब्रेकरमा पिप्लेले आयोजकलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । पिप्लेको तर्फबाट अशोक खवास, ऋतिक खड्का, कुलदीप कार्की र मार्टिन्सको प्रहार गोलमा परिणत भएको थियो भने सर्लाहीका आयुष राना मगर र अनिल रानाले मात्रै गोल गरेका थिए । खेलमा पिप्लेका गोलरक्षक अनिष देउला म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब पिप्लेले उपाधिका लागि मछिन्द्र क्लव र सुदूरपश्चिम ११ को विजेतासंग १३ गते आइतबार खेल्नेछ ।