अभिनेता पल शाहलाई पुर्वपक्षका लागि थुनामा पठाएको छ । बिहिबार जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको आरोप लागेका शाहलाई पुर्पक्षका लागि थुनामा उठाउन आदेश दिएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले एकल इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा पल निर्दोष हुन् भन्न सक्ने आधार नदेखिएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने र मतियारमा रहेको अभियोग लागेका शाहको म्यानेजर जोशीलाई एक लाख धरौटी लिएर छाड्न आदेश दिएका हुन्।