Comments Add Comment

गायक विक्रम बरालको आवाजमा नयाँ गीत ‘सयौँ डाँडा काट्दै’ सार्वजनिक (भिडियो सहित)

गायक विक्रम बरालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएका बरालले ‘सयौँ डाँडा काट्दै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् । गीतमा पासाङ शेर्पाको शब्द रहेको छ भने हरि लम्सालको सङ्गीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री वर्षा राउत फिचर्ड छन् । निकेश खड्काले गरेको भिडियोलाई बुद्ध थापा र ईश्वर थापाले खिचेका हुन् ।

आर्थिक अवस्थाले विदेश जान बाध्य भएका एक युवाको कथा बोकेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोमा आफ्ना सन्तान श्रीमती अनि आफ्नो माटो छोडेर बिदेसिनुको पिडा देखाउन खोजिएको छ । भिडियो मार्मिक बनेको छ भने आम निम्न वर्गीय नेपालीको जीवनलाई समेट्ने कोसिस गरिएको छ ।   

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर